दैलेखको महावु गाउँपालिका–४ गिताचौरका २६ वर्षीय मोटिभेशनल स्पिकर आदर्श विक्रम सिंह ‘कर्णाली युथ फेस्टिभल’मा ‘कर्णाली युथ आइकन’बाट सम्मानित भएका छन्।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालित ‘कर्णाली युथ फेस्टिभल’मा उनलाई उक्त सम्मान प्रदान गरिएको हो। दुर्गम गाउँबाट सुरु भएको उनको संघर्ष, लगन र निरन्तर मेहनतले उनलाई आज कर्णालीकै प्रेरणादायी युवाको रूपमा चिनाएको छ।
आदर्श सानैदेखि जिज्ञासु, अध्ययनशील र सेवाभावी स्वभावका थिए। पारिवारिक संस्कारले उनलाई बाल्यकालदेखि नै शिक्षा र समाजसेवातर्फ उन्मुख बनाएको थियो। विद्यालय तहदेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै उनले उच्च अध्ययनका लागि दैलेख सदरमुकाम हुँदै सुर्खेतको वीरेन्द्रनगर पुगे। शैक्षिक यात्रासँगै उनले आफ्नो लक्ष्यलाई फराकिलो बनाउँदै सन् २०१८ देखि उत्प्रेरक वक्ताका रूपमा सक्रियता बढाएका छन्।
हालसम्म उनले झण्डै २० हजारभन्दा बढी विद्यार्थी तथा युवाहरूलाई प्रत्यक्ष रूपमा प्रेरित गरिसकेका छन्। पछिल्लो समय नेपाल प्रहरीका कर्मचारीहरूलाई समेत उत्प्रेरणा दिने कार्यमा उनी संलग्न छन्।
आदर्श ‘राइजिङ ट्यालेन्ट’का संस्थापक समेत हुन्। यस संस्थामार्फत उनले युवाहरूलाई पब्लिक स्पिकिङ तालिम दिँदै आएका छन्। साथै, ‘सम्भव छ’ नामक पोडकास्ट कार्यक्रम सञ्चालन गर्दै अनुभव र प्रेरणादायी विचारहरू साझा गरिरहेका छन्।
सामाजिक तथा राजनीतिक चेतनामा पनि सक्रिय सिंहले २०८२ सालको जेन–जेड आन्दोलनका क्रममा कर्णाली प्रदेशमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरेका थिए। त्यसयता उनी युवाहरूलाई उन्नत लोकतन्त्र, सुशासन र सामाजिक न्यायका विषयमा सचेत बनाउँदै आइरहेका छन्।
गिताचौरको सामान्य परिवेशबाट सुरु भएको उनको यात्रा आज कर्णालीका युवाहरूका लागि प्रेरणाको उदाहरण बनेको छ। दर्शन, अध्यात्म, व्यक्तित्व विकास, नेतृत्व र उद्यमशीलता जस्ता विषयमा गहिरो अध्ययन गर्ने सिंहलाई कर्णाली युथ आइकन सम्मानले थप ऊर्जा दिएको छ।



Hi Dear, are you really visiting this website daily, if so then you will definitely get nice know-how.
Feel free to visit my web blog … Консультации по ритуальным услугам 24/7 Москва
I was researching on the web for some info since yesterday night and
I ultimately found what i was looking for! This is a great blog by the way, but
it looks a little hard to see from my att phone.
Here is my site – Sklep SEO
We’re a gaggle of volunteers and opening a brand new scheme in our community.
Your website offered us with useful information to work on. You’ve done an impressive job and our entire
neighborhood will probably be grateful to you.
Here is my webpage – social media optimization
This is my first time pay a visit at here and i am really happy to
read everthing at single place.
Stop by my blog: nagad88