सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई मंगलबार कर्णालीको मुख्यमन्त्रीको रुपमा नियुक्त गरेका हुन् ।

उनी कर्णाली प्रदेशको पाँचौं मुख्यमन्त्री बनेका छन् ।

शाहीले नेकपा १४ र एमालेको १० सांसदको समर्थनसहित मंगलबार साँझ प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।

संविधानको धारा १६८ (२) अनुसार प्रदेश जोशीले बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि आह्वान गरेको त्यही अनुसार शाहीलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी मनमाया काउचाले बताइन् ।

शाहीले गठबन्धनमा रहेका नेकपा एमालेका १० र नेकपाका १४ सहित २४ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री बनाउन दाबी पेस गरेका थिए ।

उनी मुगु प्रदेशसभा २ बाट तत्कालिन माओवादीबाट प्रदेशसभामा विजयी भएका थिए । उनी यसभन्दा अघि भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री भएर काम गरिसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर