सुर्खेत । सल्यानमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शनिबार बिहान ८ बजे बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।

सल्यानको त्रिवेणी गाउँपालिका ५ सिम्खबाट लुहाम हुँदै तुलसीपुर जाँदै गरेको लु प्र ०२००१ ज ०००५ नम्बरको बोलेरो जिप सिम्खमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा त्रिवेणी गाउँपालिका ५ सिम्खका वर्ष २९ का तारक बोहरा,२४ का भूपाल पुन, ५० का डिल्लीबहादुर वली, ४२ की लालमती बुढाथोकी र अन्य दुई जना रहेका र उनीहरुको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले बताए ।

घाइतेमध्यृे दुईजनालाई जिल्ला अस्पताल सल्यान ल्याएको, तीन जनालाई लुहामको पोलिक्लिनिकमा सामान्य उपचारपछि थप उपचारको लागि दाङ लागिएको र एकजनाको लुहामको पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरी निरीक्षक भट्टराईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर