सुर्खेत । कालिकोटको रास्कोट नगरपालिकामा भूमि प्रशासनसम्बन्धी सेवा कार्यालय स्थापना हुने भएको छ । भूमि व्यवस्थापन विभागले रास्कोट नगरपालिकामा भूमि प्रशासन सेवा कार्यालय स्थापनाका लागि पहल थालेको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले भूमि प्रशासन कार्यालय, कालिकोटलाई पत्राचार गर्दै रास्कोट नगरपालिकामा भूमि प्रशासन सेवा हस्तान्तरणका लागि आवश्यक तयारी थाल्न निर्देशन दिएको छ ।

नापी कार्यालयहरूसँग आवश्यक समन्वय गरी तीन दिनभित्र प्रतिवेदन पठाउनका लागि नगरपालिकालाई पत्रचार गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका कम्प्युटर अधिकृत डिलाराम खनालले बताए ।

रास्कोटमा उपलब्ध भवन तथा भौतिक सामग्रीको अवस्था, डिजिटल पूर्वाधार, प्रशासनिक तथा प्राविधिक जनशक्ति, साविकका गाविसहरूको विवरण र सेवा सुरु गर्न सकिने सम्भावित मितिसहितको विवरण माग गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर