सुर्खेत । सर्पले टोकेर एक जनाको मृत्यु भएको छ । सुर्खेत चौकुने गाउँपालिका १० चालिखे बस्ने ५८ का देउमा कामीको सर्पले टोकेर मृत्यु भएको हो ।
बुधबार बिहान भाँडा माझ्ने क्रममा दायाँ हातको चोर औलामा सर्पले टोकेरको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कामीको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा ल्याईएको र डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


