सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशसभा सांसदले जनही १५ हजार रुपैयाँ भोटेकोशीमा आएको बाढीबाट प्रभावितका लागि राहत स्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने भएको छ । दलका प्रत्येक सांसदबाट जनही १५ हजार रुपैयाँका दरले रकम संकलन गरी उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेश सभामा एमालेका १० सांसद रहेका छन् । १० जना सांसदहरुले १५ हजार जम्मा गरे एक लाख ५० हजार रुपैयाँ हुन आउँछ ।

त्यस्तै, घाइतेहरूको उपचारको व्यवस्था मिलाउन, बेपत्ताको खोजी गर्न तथा पीडितको राहत, उद्धार र पुनःस्थापनालाई विशेष प्राथमिकता दिन नेपाल सरकारसहित सम्बन्धित सबै पक्षसँग आग्रहसमेत गरिएको नेकपा(एमाले) संसदीय दलले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय