
सुर्खेत । कर्णाली कापी उद्योग सुर्खेतका सञ्चालक नरबहादुर विष्टले बाढीपहिरो प्रभावितहरूका लागि आर्थिक सहयोग गरेका छन् । कालिकोटको नरहरिनाथ गाउँपालिका २ स्थायी घर भई हाल सुर्खेतमा व्यवसाय गर्दै आएका विष्टले ९३ हजार तीन सय ३९ रुपैयाँ बाढी पीडितका लागि सहयोग गरेका हुन् ।
देशमा परेको प्राकृतिक विपत्तिको यो कठिन समयमा आफ्नो व्यवसायको तर्फबाट सानो सहयोग पुर्याउने उद्देश्यले सो रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिएको विष्टले बताए । मङ्गलबार अनलाइन बैंकिङ माध्यममार्फत उक्त रकम कोषको खातामा जम्मा गरिएको उनले जानकारी दिए ।
उनले देशलाई परेको समस्यामा सबैले आआफ्नो ठाउँबाट राहत र पुनरुत्थानमा सहयोग गर्नुपर्ने बताए ।


