सुर्खेत । सुर्खेतमा भाईलाई कालो मुसो दलेको आरोपमा प्रहरीले दाईलाई पक्राउ गरेको छ । मंगलबार बिहान वीरेन्द्रनगर नगरपालिका २ टेम्पोपार्कमा बस्ने ६३ वर्षीया नारायणप्रसाद शर्मालाई जग्गाको बिषयलाई लिएर सहोदर दाई ६७ वर्षीया को लक्ष्मणप्रसाद शर्माले कालो मोसो दलेको आरोपमा पक्राउ गरेको हो ।
भाईलाई मुसो दलेको आरोपमा बाङगेसिमल सुर्खेतबाट खटिएको प्रहरी टोली कालो मोसो दल्ने लक्ष्मणप्रसादलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


