सुर्खेत । कालीकोटमा नेपाली कांग्रेस देउवा पक्षीय कांग्रेसको सभापतिमा नगेन्द्र विष्ट चयन भएका छन् । असोज २७ र २८ गते भएको जिल्ला अधिवेशनले विष्टलाई जिल्ला कार्यसमिति कालीकोट समितिको सभापतिमा निविर्रोध निर्वाचित गरेको हो ।
जिल्ला कार्य समितिको सभापतिमा विष्टसँगै उपसभापतिमा केशरसिंह बम, भरतबहादुर मल्ल, सचिवमा सविनकुमार विष्ट, नेत्रबहादुर शाही, कोषाध्यक्षमा गोर्खाबहादुर बटाला, सहसचिवमा मनबहादुर बुढा र धिरबहादुर शाही चयन भएको नवनिर्वाचित सचिव विष्टले जानकारी दिए ।


