सुर्खेत । कालीकोटमा गुडिरहेको गाडीमा आगलागी भएको छ । खाँडाचक्र नगरपालिका–१ स्थित जिल्ला अस्पताल कालीकोट नजिकै गुडिरहेको फोर्स गाडीमा आगलागी भएको हो ।

सुर्खेतबाट जुम्ला जाँदै गरेको गाडीमा बुधबार दिउँसो आगलागी भएको हो ।

भे १ ख ४०९४ नम्बरको फोर्स गाडी उकालो चढ्ने क्रममा इन्जिन तातिएपछि धुवाँ निस्किएको र धुवाँ निस्किएको थाहा पाएपछि चालकले गाडीमा सवार यात्रुलाई ओरालेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए ।

यात्रुहरूलाई ओराल्दै गर्दा गाडीमा आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए ।
आगलागीबाट गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ भने गाडीमा रहेका सम्पूर्ण सामानसमेत जलेका छन् । यात्रुहरूलाई समयमै ओरालिएकाले घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय