सुर्खेत । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कालीकोटका नौ वटै गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पालिकामा नयाँ नेतृत्व चयन गरेको हो।
जिल्लाका नौ वटा स्थानीय तहका ८२ वटा वडामा अधिवेशन सम्पन्न भएर पालिकास्तरीय अधिवेशनमा नयाँ नेतृत्व चयन भएको जिल्ला उपसभापति मीनबहादुर बोगटीले बताए । उनका अनुसार जिल्लाका नौ वटै पालिकामा निर्विरोध नयाँ कार्य समिति चयन भएको हो ।
कांग्रेसका पालिका सभापतिमा सान्नी त्रिवेणी गाउँपालिकामा नरेश बम, शुभकालिका गाउँपालिकामा अभयराज शाही, महावै गाउँपालिकामा प्रेम सिंह ठकुरी, नरहरिनाथ गाउँपालिकामा रामबहादुर बटाला, पँचालझरना गाउँपालिकामा भक्तबहादुर बम चयन भए ।
यसैगरी पलाँता गाउँपालिकामा रुपक बुढा, रास्कोट नगरपालिकामा सुरेन्द्र सञ्जाल, खाँडाचक्र नगरपालिकामा अभयराज कार्की र तिलागुफा नगरपालिकामा मणिचन्द्र न्यौपाने सभापति चयन भएको उपसभाति बोगटीले जानकारी दिए ।
अहिले १५ औं महाधिवेशनका लागि जिल्लाबाट महाधिवेशन प्रतिनीधि छनौट प्रक्रिया थालनीको काम शुरु भएको बोगटीले बताए ।


